समय : ०५:२१ am | बिहिबार , माघ २१ गते २०८२

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

अर्थ विशेष | माघ ४ गते २०८२


महेन्द्रनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारको टुङ्गो लगाएका छन्।

सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीमा ५, कञ्चनपुरमा ३, अछाममा २ अन्यमा एकएक गरी १६ वटा निर्वाचन क्षेत्र कायम छन्। एमाले र नेकपाले टुङ्ग्याएका उम्मेदवारमा १२ जना सङ्घीय र प्रदेशका पूर्वमन्त्री छन्।

नेकपाबाट अछाम क्षेत्र नं. १ बाट भीमबहादुर रावल, सोही दलका कैलाली क्षेत्र नं. ५ मा प्रेम आले, कञ्चनपुर क्षेत्र नं.१ मा विना मगर तथा त्रिलोचन भट्टलाई डोटीबाट उम्मेदवार बनाइएको छ।

प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर शाह बाजुराबाट, नेकपाबाट कञ्चनपुर २ मा लालबहादुर खड्का कञ्चनपुर ३ मा मानबहादुर सुनार उम्मेदवार हुने भएको छन्।

एमालेले दार्चुलाबाट गणेशसिंह ठगुन्ना, बैतडीबाट दामोदर भण्डारी, कैलाली ४ मा लेखराज भट्ट, कैलाली ३ का गौरीशङ्कर चौधरी र अछाम १ मा झपटबहादुर बोहरालाई प्रत्याशी बनाउने निर्णय गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्