समय : ०८:०३ am | बिहिबार , माघ २२ गते २०८२

झिनो अंकले बढ्यो नेप्से, ६ अर्ब बढीको भयो कारोबार

अर्थ विशेष | पौष ३० गते २०८२

काठमाडौं।बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । ६ अर्ब २० करोड ९४ लाख ३८ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से बढेर २६४१.४३ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा झिनो वृद्धि देखिँदा १२५ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने १२४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

नेप्सेमा आज भएको सेयर कारोबारमा सुपर मादी हाइड्रोको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने ९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर २०८८ को बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा झिनो अंकको सुधार हुँदा ८ वटा समूहको उपसूचक सकारात्मक रह्यो भने ५ वटाको नकारात्मक रह्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्