समय : ०७:४७ am | बुधबार , चैत्र ४ गते २०८२

आइपीओको तयारीमा रहेको एन.सी. एग्रोटेककाे साधारण सभा सम्पन्न

अर्थ विशेष | पौष २५ गते २०८२

काठमाण्डौ ।एन.सी. एग्रो टेक इण्डस्ट्रीज लिमिटेडले बसुन्धरास्थित सेफ हस्पिटालिटी एण्ड पार्टी भेन्युमा सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ।कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँ, चुक्ता पूँजी ५६.२५ करोड रुपैयाँ, बैंक ऋण ३.५६ करोड रुपैयाँ, संचित मुनाफा १.४६ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ। प्रति शेयर आम्दानी रु. ४.२० र नेटवर्थ प्रति शेयर रु. १०२.६० रहेको छ। कम्पनीले १८ करोड ७५ लाख कित्ता साधारण शेयर जारी गर्ने योजना बनाएको छ । कम्पनीले आइपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा समेत आवेदन दिइसकेको छ । अहिले कम्पनीकाे आइपीओ सेबाेनकाे पाइपलाइनमा छ।

कम्पनीले राजा च्याउ, डल्ले च्याउ, औषधीय गुणयुक्त च्याउ, बाँसजन्य उत्पादन, कोइला तथा अर्गानिक मल उत्पादन गर्दै आएको छ। हाल कम्पनीमा करिब १७० जनाभन्दा बढीलाई रोजगारी दिइएको छ।

सभाले आगामी वर्षमा सार्वजनिक शेयर निष्कासन, अर्गानिक मल र औषधीय गुणयुक्त च्याउको उत्पादन विस्तार, क्यानिङ्ग प्लान्ट जडान तथा सहायक कम्पनी एन.सी. बायो ग्रिन प्रोडक्टस् लिमिटेडलाई सञ्चालन गर्ने योजना पारित गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्