समय : १२:३८ pm | आइतबार , चैत्र १ गते २०८२

सही तथ्याङ्कले योजना तर्जुमा गर्न सहयोग पुग्छ’

अर्थ विशेष | पौष १७ गते २०८२

लेखनाथ । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले सही तथ्याङ्क सङ्कलन गर्न सकिएमा योजना तर्जुमा गर्न सहयोग पुग्ने बताएका छन्।

तथ्याङ्क दिवस, २०८२ को अवसरमा तथ्याङ्क समन्वय कार्यालय पोखराद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष देवकोटाले व्यक्तिगत सूचना सङ्कलनबाट उत्पादित तथ्याङ्कले पुनः सामुहिक सूचनामा काम गर्दै निर्णय प्रक्रियाको आधार तय गर्न सकिने बताए ।  

गण्डकी प्रदेश नीति तथा योजना आयोगले विकास साझेदारसँग मिलेर केही विषयको तथ्याङ्क लिने काम पनि गरिरहेको जानकारी दिँदै उनले यस्तो तथ्याङ्कले आवाधिक योजना बनाउन मद्दत पुग्ने उल्लेख गरे

गण्डकी प्रदेश नीति तथा योजना आयोगको कार्यालयका सचिव धु्रव गिरीले जनतालाई सुशासन दिन सही सूचनाले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

तथ्याङ्क समन्वय कार्यालय पोखराका तथ्याङ्क समन्वय अधिकारी नन्दलाल सापकोटाले नागरिकका  व्यक्तिगत सूचनाहरुको गोपनीयता सुनिश्चित गर्दै वैज्ञानिक विधि र व्यावसायिक जनशक्तिमार्फत आधिकारीक तथ्याङ्क उत्पादन एवं वितरण गर्ने प्रबन्ध गरिएको जानकारी दिए । 

केन्द्रीय कार्यालयमा मनाइँदै आएको तथ्याङ्क दिवस सङ्घीयतासँगै विसं २०७५ देखि देशैभरका १८ वटा प्रादेशिक तथा जिल्ला कार्यालयमा मनाउँदै आएको उनले बताए  । 

उक्त अवसरमा कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीबीचको खुल्ला निबन्ध प्रतियोगितामा उत्कृष्ट तीन जिल्लाका पाँच विद्यार्थीलाई नगदसहित पुरस्कृत गर्नुको साथै कार्यालयमा २५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्