समय : ०४:२६ pm | बिहिबार , फागुन २८ गते २०८२

आन्तरिक राजस्व कार्यालय खैरहनीको काम पालिकाबाट

अर्थ विशेष | पौष १४ गते २०८२

चितवन । आन्तरिक राजस्व कार्यालय खैरहनीबाट हुँदै आएका काम स्थानीय तहलाई दिइएको छ । पूर्वी चितवनका चार पालिकाबाट राजस्व कार्यालयका काम हुने गरी आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाले काम गर्नका लागि सम्झौता भएको हो ।

अर्थ सचिव डा घनश्याम उपाध्यायको उपस्थितिमा आन्तरिक राजस्व कार्यालय भरतपुरमा आज सम्झौतामा हस्ताक्षर भएको छ । खैरहनीबाहेक तीन पालिकाका प्रशासकीय प्रमुखसँग आन्तरिक राजस्व कार्यालय भरतपुरले सम्झौता गरेको हो ।

आन्तरिक राजस्व कार्यालय खैरहनीमा हुँदै आएका कतिपय काम स्थानीय तहबाट हुने भएका छन् भने कतिपय त्यहाँको सिफारिसमा आन्तरिक राजस्व कार्यालय भरतपुरमा हुने भएको छ । आज यहाँ भएको सम्झौतापत्रमा स्थायी लेखा नम्बर (व्यक्तिगत-व्यावसायिक) जारी गर्ने काम पालिकाबाट हुने उल्लेख छ ।

यसैगरी मूल्य अभिवृद्धि कर (भ्याट)र अन्तःशुल्कमा दर्ताका लागि निवेदन दिएमा आवश्यक कागजात भिडान गरी आन्तरिक राजस्व कार्यालय भरतपुरमा सिफारिस गर्ने र दर्ता प्रमाणपत्र उपलब्ध गराइने छ । करचुक्ता प्रमाणपत्र माग गरी आउने करदाताको आवश्यक कागजात भिडान गरी आन्तरिक राजस्व कार्यालय भरतपुरमा सिफारिस गर्ने र करचुक्ता प्रमाणपत्र उपलब्ध गराउने काम पालिकामा हुनेछ ।

करदाता विवरण संशोधन गर्ने कामसमेत हुनेछ । यसबाहेक राजस्व संकलन गर्ने, बक्यौता असुली, राजस्व संकलनसँग सम्बन्धित भौचर संशोधन, करदाता शिक्षा र अन्तरक्रिया सेवासमेत पालिकाले दिनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्