समय : ०७:११ am | मङ्गलबार , फागुन १९ गते २०८२

कैलालीमा धान उत्पादन घट्यो

अर्थ विशेष | कार्तिक २५ गते २०८२

अत्तरिया। कैलालीमा यसवर्ष बर्खे धानको उत्पादन घटेको छ। गत वर्षको तुलनामा यसवर्ष बर्खे धानको उत्पादन पाँच दशमलव २६ प्रतिशतले घटेको हो।जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाका अनुसार गत वर्षको तुलनामा यसवर्ष धान उत्पादनमा १७ हजार १३५ ‘मेट्रिकटन’ले कमी आएको छ। यसवर्ष ६८ हजार ५४१ ‘हेक्टर’ क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा तीन लाख आठ हजार ४३४ मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए।

उनका अनुसार गतवर्ष सोही क्षेत्रफलमा धानखेती गरिएकामा तीन लाख २५ हजार ५६९ मेट्रिकटन धान उत्पादन भएको थियो। गतवर्षको तुलनामा यसवर्ष धानको उत्पादकत्व पनि घटेको छ। गतवर्ष धानको उत्पादकत्व चार दशमलव ७५ मेट्रिकटन प्रतिहेक्टर रहेकामा यसवर्ष चार दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर रहेको उनले जानकारी दिए।

'क्षेत्रफल एउटै भए पनि गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन घटेको छ', सूचना अधिकारी ओझाले भने, 'धानलाई आवश्यक भएको बेलामा पानी परेन, धान फुल्ने बेलामा पानी पर्‍यो, जसले गर्दा असर गर्‍यो, त्यसैले उत्पादन घटेको देखिन्छ।'

त्यसैगरी यसवर्ष जिल्लामा ६ हजार ४६१ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा १५ हजार १९२ मेट्रिकटन मकै उत्पादन भएको तथा १०३ हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा १५४ मेट्रिकटन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्