समय : ०३:३९ pm | मङ्गलबार , फागुन २६ गते २०८२

रिलायन्स स्पिनिंग मिल्सले तिर्यो प्रिमियम महसुलको पहिलो किस्ता, काटिएको विद्युत् लाइन पुनः जोडियो

अर्थ विशेष | कार्तिक २० गते २०८२

सुनसरी। सुनसरीस्थित रिलायन्स स्पिनिंग मिल्सले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोगबापतको प्रिमियम महसुल बक्यौतामा पहिलो किस्ता बुझाएपछि कम्पनीको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको छ । नेपालय विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बिहीबार पहिलो किस्ता बुझाएपछि रिलायन्सको विद्युत् आपूर्ति पुनः सुचारु गरिएको हो ।

रिलायन्सले लोडसेडिङको अवधिमा, २०७२ माघदेखि २०७५ वैशाखसम्म उपयोग गरेको डेडिकेटेड तथा ट्रंक लाइनको प्रिमियम महसुलका रूपमा कुल ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ । उक्त बक्यौतामा २८ किस्ता मिलाइएको मध्ये पहिलो किस्ता स्वरूप कम्पनीले २ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेको हो ।
बक्यौता रकम भुक्तानी नियमित रुपमा जारी रहने प्राधिकरणको अपेक्षा रहेको सिलवालले बताएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्