समय : ०१:३९ am | शनिबार , कार्तिक १४ गते २०८२

फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह

अर्थ विशेष | कार्तिक १४ गते २०८२

काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध भएकाले फोहरमैला घरबाट ननिकाल्न नगरवासीलाई अनुरोध गरेको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै फोहरमैला घर तथा कम्पाउन्डमा सुरक्षित तरिकाले राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेको हो ।

कामपाले काठमाडौँ उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकाले फोहर बिर्सजन गर्न नसकिएको सूचनामार्फत जानकारी गराएको हो । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्