गण्डकी । कास्कीको अन्नपूर्ण आधार शिविर जाने पदमार्गअन्तर्गत माछापुच्छ्रे आधार शिविर माथि अन्नपूर्ण आधार शिविर क्षेत्रमा हिमपात भएको छ ।गण्डकी । कास्कीको अन्नपूर्ण आधार शिविर जाने पदमार्गअन्तर्गत माछापुच्छ्रे आधार शिविर माथि अन्नपूर्ण आधार शिविर क्षेत्रमा हिमपात भएको छ ।कास्कीतर्फको अन्नपूर्ण आधार शिविरमा सोमबार पुगेका पर्यटक तल झरिसकेको उनले जानकारी दिए । “कास्कीको अन्नपूर्ण आधार शिविरदेखि माछापुच्छ्रे आधार शिविरसम्म हिउँ परेको छ”, उनले भने, “त्यहाँभन्दा तल्लो क्षेत्रमा पानी परेको छ, पदयात्रामा जाने पर्यटकलाई सजगता अपनाउन आग्रह गरेका छौँ ।”
तिहारयता अन्नपूर्ण आधार शिविरमा आउने पर्यटकमध्ये ८० प्रतिशत आन्तरिक र २० प्रतिशत विदेशी रहेको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले जानकारी दिए ।
 
 
					 
 


 
					 
					 
					 
					







