समय : ०९:१० pm | शनिबार , कार्तिक १५ गते २०८२

बढ्यो अण्डाको मूल्य

अर्थ विशेष | कार्तिक १० गते २०८२

काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघले मंगलबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो । संघले अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँले बढाउने जनाएको छ । यससँगै ठूलो अण्डाको प्रतिक्रेटको मूल्य ५०० रुपैयाँ र मध्यम अण्डाको प्रतिक्रेट ४५० रुपैयाँ कायम भएको छ ।

संघले चितवनलाई आधार बनाएर मूल्य बढाइएको जनाएका छ । यससँगै अब उपभोक्ताले प्रतिगोटा २२ रुपैयाँका दरले खर्च गर्नु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्