भोजपुर । भोजपुरमा घरेलु उद्योग कार्यालयले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । कार्यालयमा हुने राजस्वलगायतका कारोबार डिजिटल बनाउने लक्ष्यले अनलाइन भुक्तानीको व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।
सेवाग्राहीलाई सजगता थप्नको लागि गत साउन १ गतेबाट अनलाइन भुक्तानीको व्यवस्था मिलाएको कार्यालय प्रमुख रमेश ढकालले जानकारी दिए। सेवाग्राहीलाई विभिन्न काम गर्ने क्रममा कुनै समस्या नहोस् भन्नको लागि क्यूआरमार्फत भुक्तानी गर्ने व्यवस्था रहेको कार्यालयको भनाइ छ ।
कार्यालयले लघु, घरेलु तथा साना उद्योगको माध्यमबाट स्थानीय कच्चा पदार्थ, स्रोत र श्रमको उपयोग जोड दिएको जनाएको छ । स्थानीयस्तरमा उद्योग स्थापना गर्न, स्व–रोजगार बन्न तथा रोजगारीका अवसर सिर्जना गर्न प्रयासरत रहेको कार्यालयको भनाइ छ ।
 
 
					 
 


 
					 
					 
					 
					







