काठमाडौं । दशैं नजिकिँदै गर्दा फोटोन नेपालले लोकप्रिय मोडेल फोटोन ईभी भ्यान र फोटोन आर ६एलपीडी मा विशेष अफर ल्याएको छ । कम्पनीले यस अफरमार्फत नेपालीहरूलाई महान् चाडको अवसरमा गाडी लिन अझ सहज, लाभदायक र रमाइलो बनाउने लक्ष्य राखेको जनाएको छ ।
ईभी भ्यान बुक गर्ने ग्राहकले यामाहा मोटरसाइकल, ५५ इन्च स्मार्ट टेलिभिजन, वासिङ मेसिन वा फ्रिज मध्ये कुनै उपहार पाउनेछन् । साथै, हरेक बुकिङमा स्योरशट सामसुङ मोबाइल ए०७ (६ं१२८ जीबी) उपहार दिइनेछ ।
यस अफरमा १ वर्षको पूर्ण बीमा ९अटो प्लस०, क्यासलेस बीमा, ५ पटकसम्म निस्शुल्क मर्मत सेवा, निस्शुल्क फ्रन्ट ब्रेक प्याड सेट र पूरा आर्थिक वर्षको सवारी कर समेत समावेश गरिएको छ । फोटोन आर ६एलपीडी अब दशैं विशेष मूल्य २६ लाख ९९ हजार रूपैयाँ (६ लाख ७५ हजार रूपैयाँ छुटपछि) मा उपलब्ध हुनेछ । खरिदकर्ताले स्योरशट बुकिङ उपहार पाउनेछन् । यसमा पनि १ वर्षको सम्पूर्ण सवारी बीमा, क्यासलेस बीमा र पूरा आर्थिक वर्षको सवारी कर कम्पनीले नै व्यहोर्नेछ ।
कम्पनीले दुवै मोडेललाई आरामदायी, किफायती र भरपर्दो गाडीका रूपमा प्रस्तुत गर्दै दशैं–तिहार बोनसले ग्राहकहरूको उत्सवलाई अझ विशेष बनाउने विश्वास व्यक्त गरेको छ । फोटोन नेपालले चाडपर्व विशेष योजना हेर्न सबैलाई नजिकको शोरूममा आउन निमन्त्रणा गर्दै थप जानकारीका लागि ९८०२३७५४२१ वा ९८०२३४०६७१ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
 
 
					 
 


 
					 
					 
					 
					







