अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त आन्तरीक राजश्व कार्यालको निरीक्षण
विराटनगर। अर्थमन्त्री रामेश्वर खनालले आर्थिक मितव्ययिता सम्बन्धी मन्त्रिपरिषद्को निर्णय सबै क्षेत्रमा लागू हुने बताएका छन् ।
मन्त्रिपरिषद्ले असोज ५ गते गरेको निर्णयबारे जानकारी दिंदै मन्त्री खनालले आज ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त आन्तरिक राजस्व कार्यालय विराटनगरको निरीक्षण गरेका हुन् ।
सो अवसरमा कार्यालय प्रमुख केशव उप्रेतीले क्षतिको विस्तृत विवरण मन्त्रीलाई हस्तान्तरण गरेका थिए । निरीक्षणका क्रममा कर्मचारीहरूले सेवाग्राहीलाई सवारीसाधन राख्ने टहराबाट सेवा दिइरहेका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मन्त्री खनाल आजै एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरमा राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा सहभागी हुने छन् । यससँगै उहाँले अपराह्न उद्योगी तथा व्यापारीसँग मोरङ व्यापार संघमा हुने छलफलमा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।









