समय : ११:०६ am | बिहिबार , चैत्र १९ गते २०८२

मन्त्री घिसिङसँग बेलायती राजदूतको शिष्टाचार भेट

अर्थ विशेष | असाेज ७ गते २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालस्थित संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायतका राजदूत फेनले बधाई दिनाका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

भेटमा नेपाल–बेलायतबीचको मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरणका उपायहरुका लागि आवश्यक सहयोगलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री घिसिङले जेनजी प्रदर्शनपछि गठन भएको सरकारको मुख्य प्राथमिकताका रुपमा क्षति भएका संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासन कायम गर्नु रहेको बताउएका थिए । त्यसैगरी उनले नेपालको आर्थिक विकासमा बेलायतले गरेको सहयोगको सराहना गर्दै नेपाललाई कार्बनरहित बनाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउन ‘चार्जिङ स्टेसन’ स्थापनाका लागि भइरहेको सहयोग प्रभावकारी रहेको बताएका थिए ।

सो अवसरमा राजदूत फेनले बेलायत नेपालको पुरानो मित्र भएको र नेपालको सफलता तथा आर्थिक रुपान्तरणमा निरन्तर सहयोग रहने उल्लेख गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्