समय : ०४:२४ am | मङ्गलबार , चैत्र २३ गते २०८२

राष्ट्रपति पौडेलद्वारा राजनीतिक निकासका लागि विचार–विमर्शमा रहेको जानकारी

अर्थ विशेष | भाद्र २६ गते २०८२

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडैलले राजनीतिक निकासका लागि विचार–विमर्शमा रहेको जानकारी गराएका छन् । राष्ट्रपति पौडेलले देशको वर्तमान विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफू विचार–विमर्शसहित हरसम्भव प्रयास गरिरहेको जानकारी गराएका हुन् ।

उनले बिहीबार विज्ञप्ति जारी गरी आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको विषयमा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्