समय : ०४:२६ am | मङ्गलबार , चैत्र २३ गते २०८२

हिमालय एयरलाइन्सको विमान पोखरा ‘डाइभर्ट’

अर्थ विशेष | भाद्र २४ गते २०८२

काठमाडौँ । तिब्बतको ल्हासाबाट काठमाडौँ आएको हिमालय एयरलाइन्सको विमान पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । विषम परिस्थितिलगायत प्राविधिक कारणले काठमाडौँ आएको हिमालयको विमान ‘डाइभर्ट’ भई पोखरा अवतरण भएको हो ।

उपत्यकाभित्रको विषम परिस्थितिलगायत त्रिभुवन विमानस्थल वरपर र उडान अवतरण मार्गको विभिन्न स्थानमा देखिएको धुवाँजस्ता कारणले जहाजको सुरक्षामा गम्भीर असर पर्ने देखिएकाले विमान पोखरा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । उक्त विमानमा चिनियाँ नागरिक रहेको जनाइएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तिब्बतको ल्हासाबाट काठमाडौँ आएको उक्त विमान सिमरामाथिको आकाशमा लामो समय होल्ड भएपछि पोखरा विमानस्थलमा डाइभर्ट गरिएको हो  ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्