काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक आव्हान गरेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार अपिल जारी गर्दै सोमबार राजधानी र देशका विभिन्न भागमा भएका प्रदर्शन र त्यसपछिको घटनाप्रति दु:ख व्यक्त गर्दै ”कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादका माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो”, भनेका छन् ।
”उत्पन्न परिस्थितिको मूल्यांकन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु । त्यसैको लागि आज साँझ ६ बजे संर्वदलीय बैठक आह्वान गरेको छु ।’’, प्रधानमन्त्री ओलीले ”सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई यो विषम परिस्थितिमा संयम रहन विनम्र अनुरोध गर्दछु’’, अपिलमा भनेका छन् ।









