समय : ०७:४९ pm | आइतबार , भाद्र १५ गते २०८२

लक्ष्मी सनराइज क्यापिटलद्वारा संचालित लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको १ अर्ब रकम संकलन

अर्थ विशेष | भाद्र १५ गते २०८२

काठमाडौं । कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको यस लक्ष्मी सस्टेनेवल इनर्जी फण्डले निर्धारित १ अर्ब रकम संकलन गर्न सफल भएको छ । यो फण्ड लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी फण्ड हो ।

जलबिद्युत, सौर्य, वायु उर्जा तथा अन्य क्षेत्रमा लगानी गरी नेपालको दिगो उर्जा क्षेत्रको विकासमा टेवा पुर्याउनु यस फण्डको मुख्य उद्देश्य हो ।
यस फण्डको उद्देश्य पूर्तिमा निरन्तर समर्थन र हामीप्रति जनाउनु भएको विश्वसनियताका लागि सम्पूर्ण लगानीकर्ताहरु प्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं ।

साथै, लक्ष्मी सनराइज क्यापिटल लिमिटेड Operating Principles for Impact Management मा हस्ताक्षरकर्ता समेत रहि आएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्