समय : ०५:५३ am | सोमबार , भाद्र १६ गते २०८२

नबिल इन्भेष्टमेन्टका दुई म्युचुअल फण्डको लाभांश घोषणा

अर्थ विशेष | भाद्र १३ गते २०८२


काठमाण्डौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ख लिमिटेडका दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल ब्यालेन्स्ड फण्ड–३ ले गत आवको मुनाफाबाट लगानीकर्तालाई प्रतिफल घोषणा गरेका हुन् ।
यी दुबै फण्डले १३ प्रतिशत दरले नगद लाभांश घोषणा गरेका हुन् । नबिल ब्यालेन्स्ड फण्ड–२ ले १३ प्रतिशत दरको कुल १४ करोड ५६ लाख रुपैयाँ बराबर र नबिल ब्यालेन्स्ड फण्ड–३ ले १३ प्रतिशत दरकै १६ करोड २५ लाख रुपैयाँ बराबरको नगद लाभांश बाँड्ने निर्णय गरेको हो ।

साथै, प्रतिफल वितरण प्रयोजनार्थ क्यापिटलले भदौ २२ गते एक दिन बुकक्लोजको मिति तोकेको छ । यसर्थ भदौ २१ गतेसम्म कायम इकाईधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्