समय : ०४:१७ pm | शुक्रबार , फागुन २९ गते २०८२

ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावरको ५१% शेयर किन्ने

अर्थ विशेष | भाद्र ११ गते २०८२

काठमाडौं । ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावरको शेयर किन्ने भएको छ।

ग्रीन भेन्चर्सले कालीगण्डकी गर्जको ५१ प्रतिशत शेयर किन्ने भएको हो। दुवै कम्पनीबीच शेयर खरिद–बिक्री सम्झौता भएको छ।
कालीगण्डकी हर्जले म्याग्दी र मुस्ताङ जिल्लास्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त (पिक रन अफ दि रिभर) कालीगण्डकी हर्ज हाइड्रोपावर प्रोजेक्टको विकास तथा निर्माण गरिरहेको छ। यो आयोजनाको विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त भइसकेको छ।

लक्ष्मी सनराइज बैंकको अगुवाइमा विभिन्न बैंकहरुको सहवित्तीयकरण समूहले उक्त आयोजनामा लगानी गर्ने गरी यसअघि नै वित्तीय व्यवस्थापनको कार्य सम्पन्न भइसकेको छ। यो आयोजनाको अनुमानित कुल लागत ३९ अर्ब ५० करोड रुपैयाँ रहेको छ।

कुल लागतमा ऋण तथा स्वपुँजीको अनुपात ७५ः२५ रहनेछ। यस आयोजनाको निर्माणबाट देशको ऊर्जा क्षेत्रको विकासमा उल्लेख्य योगदान पुग्ने ग्रीन भेन्चर्सको विश्वास छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्