समय : ०८:४७ pm | सोमबार , चैत्र ३० गते २०८२

आज सामान्य घट्यो सुन चाँदीको भाउ

अर्थ विशेष | भाद्र ९ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २३ सय ५५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी २३ सय ५० रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्