समय : १०:०६ pm | सोमबार , चैत्र ३० गते २०८२

मेची भन्सार कार्यालयबाट आयात र निर्यात दुवै घट्यो

अर्थ विशेष | भाद्र ९ गते २०८२

झापा । चालु आर्थिक वर्ष (आव) २०८२–८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।

यो गत आर्थिक वर्ष २०८१–८२ को सोही अवधिको तुलनामा १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँले जानकारी दिए । उनका अनुसार गत आवमा तीन अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो ।

चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको साउनमा एक अर्ब ५४ करोड २८ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा एक अर्ब ८० करोड ८२ लाखको वस्तु तथा सामान निर्यात भएको थियो ।

कार्यालयका अनुसार चालु आवको साउन महिनामा आयात र निर्यातबाट हुने राजस्व भने १५ करोड १८ लाखले बढेको छ । गत आव २०८१–८२ को साउन महिनामा एक अर्ब ११ करोड ३२ लाख राजस्व सङ्कन भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्