समय : ०६:२५ pm | बुधबार , श्रावण १४ गते २०८२

हिमालयन बैंकको २.०५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | श्रावण २ गते २०८२

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले विभिन्न ९ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ५ हजार २४५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको कमलादीमा रहेको बैंकको कानून विभागमा पेश गर्नुपर्नेछ ।

सेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक–फरक रहेकाले मूल्य तथा अन्य सम्बन्धी जानकारीका लागि बैंकको कानून विभागमा सम्पर्क गर्नुपर्नेछ ।

निर्धारित मितिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्