समय : ०७:०८ pm | बुधबार , श्रावण १४ गते २०८२

मन्जुश्री फाइनान्सले ल्यायो ‘मेरो पहिलो बचत खाता’ योजना

अर्थ विशेष | श्रावण १ गते २०८२

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले मेरो पहिलो बचत खाता नामक बचत खाता सार्वजनिक गरेको छ । वित्तीय पहुँच भन्दा बाहिर रहेका ग्राहकहरुका लागि बिशेष ल्याईएको यो बचत खातामा रु १०० को मौज्दात संस्थाले आफ्नो तर्फ़बाट जम्मा गरिदिने छ ।

वित्तीय पहुँचमा योगदान पुर्याउने मनशायले फाइनान्सले सो खाताको प्रक्षेपण गरेको हो । हालसम्म रु २२ अर्ब निक्षेप संकलन गरि करिब १८.२ अर्ब कर्जा परिचालन गरेको यस मन्जुश्री फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको छ ।

फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ । हालको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्