समय : ०१:१९ am | बिहिबार , श्रावण १४ गते २०८२

इप्पानले डाक्यो साधारण सभा

अर्थ विशेष | असार १३ गते २०८२

काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)ले वार्षिक साधारण सभा आह्वान गरेको छ । इप्पानको २३ औं वार्षिक साधारण सभा असार ३१ गते काठमाण्डौका दरबारमार्गमा रहेको याक एण्ड यति होटलमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

सभामा आव २०८०/८१ का लागि अध्यक्षद्वारा जारी गरिने प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन छलफल गरी अनुमोदन गर्ने, आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र इप्पान आर्थिक कार्यविधि २०८१ र इप्पान नीति अनुसन्धान कोष सञ्चालन कार्यविधि,२०८१ अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्