समय : १०:५४ am | बुधबार , चैत्र ११ गते २०८२

आरोही कल्याणकारी कोष स्थापना गरिने

अर्थ विशेष | जेठ २० गते २०८२

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोही कल्याणकारी कोष स्थापना गर्ने सोचमा सरकार रहेको बताएका छन् ।

अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले मंगलबार नारच्याङमा आयोजना गरेको कार्यक्रममा सरकारले पर्यटन नीतिमा समसामयिक सुधारका साथै कल्याणकारी कोष स्थापना गर्ने सोचाइ बनाएको बताए ।

“पर्यटनमार्फत देशको अर्थतन्त्रलाई गतिशील बनाउन पर्यटन नीतिमा सुधार गर्न लागिएको छ,” उनले भने, “पर्यटन नीतिमा आरोही कल्याणकारी कोष स्थापनाको प्रस्ताव गरेका छौँ ।”आरोही कल्याणकारी कोषमार्फत दुर्घटनामा परेका पर्वतारोहीहरुको उद्धार, उपचार र पर्वतारोहणपछिको जीवनलाई सहज बनाउन सघाउने सरकारको योजना रहेको मन्त्री पाण्डेले बताए ।

गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री मित्रलाल बस्यालले पोखरालाई गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटकीय राजधानीलाई सङ्घीय मन्त्रिपरिषद्बाट अनुुमोदन हुनुपर्नेमा जोड दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्