समय : ११:२३ am | बिहिबार , चैत्र ५ गते २०८२

आईएमई लाइफको वार्षिक साधारण सभा सम्पन्न, २६.३१ प्रतिशत लाभांश पारित

अर्थ विशेष | जेठ २८ गते २०८१

आईएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सभाले प्रस्तावित २६।३१५८ प्रतिशत लाभांश पारित गरेको छ ।

सभाले सञ्चालक आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिबेदन पारित गरेको छ ।यसैगरी, सोही सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९र८० बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र अन्य वितीय विवरणहरु पनि पारित गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक समितिमा एक जना सञ्चालकको निर्वाचन गर्ने, बोनस शेयर पश्चात् कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ कायम हुने भएकोले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

साथै सोही सभाले कम्पनीको प्रबन्ध९पत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्