समय : १०:१८ am | बिहिबार , चैत्र ५ गते २०८२

आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | जेठ २८ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २८ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१० रुपैयाँ र बिक्रीदर १३३.७० रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.७७ रुपैयाँ र बिक्रीदर १४४.४२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.३४ रुपैयाँ र बिक्रीदर १७०.१० रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.६२ रुपैयाँ र बिक्रीदर ८८.०१ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ८.४९ रुपैयाँ र बिक्रीदर ८.५३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२४ रुपैयाँ र बिक्रीदर ३६.४० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३६ रुपैयाँ र बिक्रीदर १८.४५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३७ रुपैयाँ र बिक्रीदर २८.५० रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.०२ रुपैयाँ र बिक्रीदर ४३५.९७ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्