समय : ०७:५६ am | बिहिबार , चैत्र ५ गते २०८२

आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | जेठ २७ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २७ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१० रुपैयाँ र बिक्रीदर १३३.७० रुपैयाँ कायम भएको छ । त्यस्तै आज एक यूरोको खरिददर १४४.९९ रुपैयाँ र बिक्रीदर १४५.६४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७०.३१ रुपैयाँ र बिक्रीदर १७१.०१ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.६८ रुपैयाँ र बिक्रीदर ८९.०८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.५६ रुपैयाँ र बिक्रीदर ८.६० रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२४ रुपैयाँ र बिक्रीदर ३६.४० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३८ रुपैयाँ र बिक्रीदर १८.४६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३७ रुपैयाँ र बिक्रीदर २८.५० रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७३ रुपैयाँ र बिक्रीदर ९.७८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.५७ रुपैयाँ र बिक्रीदर ४३६.५३ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्