समय : ०४:१२ am | बिहिबार , चैत्र ४ गते २०८२

सबैको लघुवित्तद्वारा ग्राहक सदस्यलाई व्यवसायिक तालिम प्रदान

अर्थ विशेष | जेठ २३ गते २०८१

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका ३० जना ग्राहक सदस्यलाई व्यवसायिक तालिम प्रदान गरेको छ । संस्थाले जेठ १६ गते मकवानपुर जिल्लाको मनहरी नगरपालिका–७, मनहरीमा दालमोठ, भुजिया, पापड बनाउने तालिम सम्पन्न गरेको हो ।

उक्त तालिममा दालमोठ, भुजिया, पापड बनाउने विधिका बारेमा, संस्थाले प्रदान गरेको सेवाहरु, बचतको महत्व, फाइदाहरु र बचतकाप्रकारहरुआदिबारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेल बताए । यस तालिममा मुख्य प्रशिक्षकमा अनिता कुमारी दनुवार रहेकी थिइन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्