समय : ०४:१३ am | बिहिबार , चैत्र ४ गते २०८२

सुनको मूल्य एकैदिन २१ डलरले बढ्यो

अर्थ विशेष | जेठ २२ गते २०८१

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य बढेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०।९१ प्रतिशत अर्थात २१।२१ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३४७.२६ डलरमा कारोबार भईरहेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतिऔंस १ प्रतिशत अर्थात ०।३१ डलरले वृद्धि भएको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३०.७१ डलर पुगेको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्