अपि पावर कम्पनीको अध्यक्षमा श्रीमति सिर्जना खड्का मनोनयन भएकी छन् । कम्पनीको गत जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य रहेकी उनलाई अध्यक्ष चयन गरेको हो ।
यसैगरी, सोही बैठकले अध्यक्ष सतिश न्यौपानेले पदबाट दिएको राजीनामा स्वीकृत समेत गरेको छ ।
उनले कार्यव्यस्ताको कारण देखाएर अध्यक्ष तथा सञ्चालक सदस्य पदबाट राजीनामा दिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।









