समय : ०८:२६ am | बिहिबार , माघ २२ गते २०८२

सर्वसाधारणका लागि किसान लघुवित्तको १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | जेठ १६ गते २०८१

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको १९ हजार २६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो
यो सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत वैशाख ११ गते संस्थाका विद्यमान सेयरधनीहरुका लागि ३५ दिने बिक्री आवेदन खुलाइएकोमा कुनै पनि आवेदन नपरेकाले आम सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।

इच्छुक लगानीकर्ताले कैलालीको लम्किचुहा वा बुढानिलकण्ड काठमाण्डौमा रहेको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्