नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको खुकुरी प्रहार गरि हत्या

२७ वैशाख । नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ ।
सप्तरीको फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड पर्शुराम फुँयालको हत्या भएको छ । मृतक गार्ड सप्तकोशी नगरपालिका २ का स्थायी बासिन्दा हुन् ।
उनको घाँटीमा खुकुरी प्रहार गरी बिहीबार बिहान ३ बजेर १८ मिनेटमा हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
डीएसपी न्यौपानेका अनुसार सीसीटिभी फुटेजमा बिहान ६ बजेतिर एकजना व्यक्ति भित्र पसेर गार्डमाथि खुकुरी प्रहार गरी हत्या गरेर बैंकमा लुटपाटको प्रयास गरेको देखिएको छ ।
घटनामा संलग्न भएका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुरसहितको टोली बोलाएर घटनास्थलको अनुसन्धान जानकारी गराए । पक्राउ परेका ब्यक्तीले बैंकभित्र पसेर काउन्टर फुटाउने प्रयास गरेका थिए । तर लुट्न नसकेपछि फर्किएको सीसीटीभी फुटेजमा देखिन्छ’ डीएसपी न्यौपानेले भने ।