समय : १२:५१ pm | सोमबार , पौष ८ गते २०८१

अमेरिकी डलर स्थिर, यूरो र पाउण्डको मूल्य बढ्यो

अर्थ विशेष | पौष ८ गते २०८१

काठमाडौं । सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने यूरो र पाउण्ड लगायतको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.७३ रुपैयाँ र बिक्रीदर १३६.३३ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४१.५७ रुपैयाँ र बिक्रीदर १४२.१९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.६२ रुपैयाँ र बिक्रीदर १७१.३७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.९८ रुपैयाँ र बिक्रीदर १५२.६६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८४.८४ रुपैयाँ र बिक्रीदर ८५.२१ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.४५ रुपैयाँ र बिक्रीदर ९४.८७ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.१५ रुपैयाँ र बिक्रीदर १००.६० रुपैयाँ, जापानी येन १० को खरिददर ८.६८ रुपैयाँ र बिक्रीदर ८.७२ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.१३ रुपैयाँ र बिक्रीदर ३६.२९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.२४ रुपैयाँ र बिक्रीदर ३७.४० रुपैयाँ, थाई भाट एकको खरिददर ३.९७ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.९५ रुपैयाँ र बिक्रीदर ३७.१२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.११ रुपैयाँ र बिक्रीदर ३०.२४ रुपैयाँ तोकेको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३० रुपैयाँ र बिक्रीदर १२.३६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९८ रुपैयाँ र बिक्रीदर १९.०६ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४६ रुपैयाँ र बिक्रीदर १७.५३ रुपैयाँ तोकेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.६१ रुपैयाँ र बिक्रीदर ४४२.५६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६०.०३ रुपैयाँ र बिक्रीदर ३६१.६२ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५२.५३ रुपैयाँ र बिक्रीदर ३५४.०९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्