काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले लाभांश घोषणा गरेको छ । पुस ७ गते बिहान ८ बजे बसेको कोषको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।
बैठकले आव २०८०/८१ को आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश प्रदान गर्न अर्थ मन्त्रालयले सहमति प्रदान गरेपछि कोषको आगामी साधारण सभाबाट अनुमोदन गराई वितरण गरिनेछ ।