काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दिगो पूर्वाधार विकासका लागि वातावरणीय पक्षलाई ख्याल गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।
मन्त्री दाहालले निर्माण व्यवसाय रोकिँदा अर्थतन्त्र चलायमान नहुने उल्लेख गर्दै भने, “जनताको आकाङ्क्षाअनुसारका कामहरु अझै हुन सकिरहेका छैनन् । विकासका आयोजना छनोट गर्न समस्या छ”, उनले भने, “प्राथमिकता प्राप्त आयोजनालाई नै प्राथामिकता दिएका छैनौ । जनाताको गतिविधि हुने आयोजनालाई पहिलो प्राथमिकता दिनुपर्छ ।”