समय : ०३:१० am | बिहिबार , माघ २१ गते २०८२

सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित

तारा पौडेल | जेठ १३ गते २०८१

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको प्रस्ताव बैठकले बहुमतले पारित गरेको हो । बैठकमा प्रधानमन्त्री दाहालले ‘राष्ट्रपतिले २०८१ जेठ १ गते मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ र्दिएका थिए । प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते दिउँसो ४ बजे बस्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्