समय : ०१:५० am | बुधबार , वैशाख १६ गते २०८२

सुनको मूल्य आज पनि घटयो

अर्थ विशेष | जेठ ११ गते २०८१

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा व्यापक गिरावट आएको छ । आज पनि अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २.२३ प्रतिशत अर्थात प्रतिऔंस ५३.२० डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३२८.९१ डलरमा कारोबार भईरहेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २.०९ प्रतिशत अर्थात ०.६५ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३०.२७ डलरमा झरेको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्