समय : १२:३६ am | बिहिबार , माघ २१ गते २०८२

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त

अर्थ विशेष | जेठ १० गते २०८१

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । आज बसेको बैंकको सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका खनाल यसअघि राष्ट्रिय वाणिज्यमा डेपुटी सीईओको रुपमा कार्यरत थिए ।

सीईओ नियुक्तीका लागि सिफारिस गर्न गठित सीईओ नियुक्ती सिफारिस उप समितिको जेठ ६ गते बसेको बैठकले ५ जना उम्मेदवारको नाम सर्टलिस्ट गरेको हो । सर्टलिस्टमा खनालसहित कृष्ण बहादुर अधिकारी,प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी सर्टलिस्टमा परेका थिए ।

उम्मेदवारहरुलाई प्रस्तुतीकरण र अन्तरवार्ता जेठ ९ गते राष्ट्रिय वाणिज्य बैंकको कार्यालय सिंहदरबार प्लाजामा रहेको सञ्चालक समितिको कार्यालयमा बोलाइएको थियो ।

५ जना उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको मूल्यांकनको आधारमा सञ्चालक समितिले देवेन्द्ररमण खनाललाई सीईओ नियुक्त गरेको हो ।

बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएसँगै ७ वैशाखमा बैंकले सीईओ आवेदन मागेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्