समय : ०३:१३ am | सोमबार , पौष ७ गते २०८१

नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत प्रदर्शनी सुरु

अर्थ विशेष | जेठ ३२ गते २०८१

काठमाण्डौ । ‘उद्योग गरौं, उद्यमी बनौं, नेपाली उत्पादन प्रयोग गरौं’ भन्ने नाराका साथ बिहीबारदेखि नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत प्रदर्शनी सुरु भएको छ ।
घरेलु तथा साना उद्योग संघ, काठमाण्डौ र उद्योग तथा वाणिज्य कार्यालय, काठमाण्डौको संयुक्त आयोजना तथा नागार्जुन नगरपालिकाको रहकार्य रहेको ३ दिने जिल्लास्तरीय प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रवद्र्धन तथा बिक्री वितरणका लागि राखिएको छ ।

नागार्जुन नगरपालिका वडा नं। ४ सीतापाइलास्थित ताम्राकार हाउस परिसरमा सुरु भएको प्रर्दशनीको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह र नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले अर्थतन्त्रको खम्बाका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योहरुको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिंदै स्थानीयस्तरमा रहेका साना उद्यमीहरुको मनोबल बढाउनुपर्ने आवश्यकता औंल्याए ।

नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले लघु तथा घरेलु उद्योगहरुको प्रवद्र्धन र विकासका लागि नगरपालिका निरन्तर लागिरहेको बताए ।

प्रदर्शनीमा स्थानीय मौलिकता झल्काउने ४९ वटा स्टल राखिएको घरेलु तथा साना उद्योग संघ, काठमाण्डौका अध्यक्ष सीता कार्कीले जानकारी दिए । पालिकास्तरमा पहिलोपटक आयोजना गरिएको प्रदर्शनीमा व्यवसायी तथा उपभोक्ताहरुको उत्साहजनक सहभागिताले उत्साहित बनाएको भन्दै आगामी दिनमा पनि स्थानीय निकायको सहकार्यमा यस्ता प्रदर्शनीहरुलाई निरन्तरता दिइने उनले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्