समय : ०१:२६ am | बिहिबार , श्रावण १४ गते २०८२

विराटनगरले ल्यायो ४ अर्ब ४० लाखको बजेट 

अर्थ विशेष | असार १० गते २०८२

काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेको छ । उप प्रमुख शिल्पा कार्कीले प्रस्तुत गरेको बजेटको आकार ४ अर्ब ४० लाख रुपैयाँको रहेको छ । 

बजेटमा समानीकरण अनुदान सङ्घ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १९ करोड २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, नगद मौज्दात १४ करोड, सङ्घीय सरकार सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र अन्य सङ्घ संस्थाबाट १६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख, ऋणको सावा व्याज भुक्तानीका लागि ५ करोड, चालु आवको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमहरूका लागि ८ करोड विनियोजन गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्