समय : ०७:४९ am | सोमबार , पौष ८ गते २०८१

सन नेपाल लाइफको साधारण सभा सम्पन्न, लाभांश र हकप्रद प्रस्ताव पारित

अर्थ विशेष | जेठ ९ गते २०८१

सन नेपाल लाइफ इन्स्योरेन्सको बुधबार सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी ३ अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले बोनस शेयर जारीपछि चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ कामय हुने र नपुग पूँजी कायम गर्न २७ प्रतिशत अर्थात ०.२७ को अनुपातमा हकप्रद जारी गर्ने र त्यसपछि अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी, सभाले आवको वार्षिक प्रतिवेदन सहितको चालू आवका लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

त्यस्तै आजै सभाबाट सर्वसाधारण शेयरधनी समूहतर्फ स्नेहा शर्मा निर्विरोध चयन भएकि छिन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्