समय : ०३:२६ am | सोमबार , पौष ७ गते २०८१

नेपाल इन्स्योरेन्सको विशेष साधारण सभा आज, ४०५ हकप्रदको प्रस्ताव पारित हुने

अर्थ विशेष | जेठ ४ गते २०८१

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार आज उक्त सभा भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डमा बिहान ११ बजे आयोजना हुन लागेको हो ।
उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात १० सेयरबापत ४ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै हकप्रद सेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि भई २ अर्ब ३० करोड १९ लाख ३८ हजार पुग्ने हुँदा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएको सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले गत वैशाख २७ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्