समय : ०३:२६ am | सोमबार , पौष ७ गते २०८१

राष्ट्रिय बीमा कम्पनीद्वारा बीमा अभिकर्ता तालिम सम्पन्न

अर्थ विशेष | जेठ ४ गते २०८१

डोटी । राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा कार्यलयमा तालिम सम्पन्न गरेको हो । तालिम जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन भएको कम्पनीले जनाएको छ ।

कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा परिक्षा कार्यक्रमबाट २१ जना प्रशिक्षार्थीहरु लाभान्वित भई कृषी, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिमको प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।

नेपालको दुर्गमसम्म बीमाको सचेतना फैलाई सबै जनतालाई बीमाको दायरामा ल्याई व्यवसाय प्रवद्र्धन गर्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको र सोही अनुसार अघि बढेको कार्यक्रमका संयोजक कम्पनीका बजार विभाग प्रमुख व्यवस्थापक देवराज घिमिरेले बताए ।

तीन दिने कार्यक्रममा व्यवस्थापक देवराज घिमिरे, सह–व्यवस्थापक अर्जुन पौडेल, नायव व्यवस्थापक दिपकराज पाण्डेय र सहायक व्यवस्थापक उत्तरा रेग्मीले प्रशिक्षकको भूमिका निभाएका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्