समय : ०२:५५ am | सोमबार , पौष ७ गते २०८१

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

अर्थ विशेष | असार २० गते २०८१

काठमाण्डौ । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै प्रकारको बीमालेखहरुमा प्रतिहजार प्रति वर्ष ६० रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो ।
कम्पनीको आर्थिक वर्ष २०६७र६८ देखि आर्थिक वर्ष २०६९र७० सम्मको इनफोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितीको लेखाजोखा र दायित्व मुल्याङ्क सम्बन्धी बीमाङ्कीय मूल्याङ्क प्रतिवेदन प्राधिकरणबाट गत माघ १७ गते स्वीकृत भएको छ । सोहि अनुसार कम्पनीले सञ्चालनमा ल्याएकोे मुनाफामा सरिक हुनेगरी ९बोनस दिने गरी०जारी गरेको सबै किसिमका बीमालेखमा आव २०८१र८२ का लागि नयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

बोनसदर बीमाङ्कीय मूल्याङ्कनको आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्