काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले कुल ६ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय तीनकुने, काठमाण्डौमा आवेदन दिन सक्नेछन् ।
साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित नियमबमोजिम उक्त सेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।









