समय : ०२:४१ pm | बिहिबार , फागुन २८ गते २०८२

पुल्चोकमा मेटलाइफ नेपालको नयाँ हेड आफिस उद्घाटन

अर्थ विशेष | फागुन २८ गते २०८२

काठमाडौं । मेटलाइफ नेपालले ललितपुरको पुल्चोकस्थित सिग्नेचर प्लेटिनम टावरमा आफ्नो नयाँ हेड आफिस उद्घाटन गरेको छ । नेपाली परिवारहरूलाई वित्तीय सुरक्षा र संरक्षण प्रदान गर्दै आएको २४ वर्षको यात्रामा यो महत्वपूर्ण उपलब्धि रहेको जनाएको हो । नयाँ हेड आफिसले मेटलाइफ नेपालको आधुनिक, चुस्त तथा भविष्यतर्फ उन्मुख संस्थाको रूपमा भएको विकासलाई प्रतिबिम्बित गर्दछ । आधुनिक पूर्वाधार, एकीकृत प्रविधि प्रणाली तथा सहकार्यलाई प्रोत्साहन गर्ने कार्यस्थल संरचनासहित तयार गरिएको यस कार्यालयले कार्य सञ्चालनलाई अझ प्रभावकारी बनाउनुका साथै ग्राहकहरूलाई छिटो, सहज र उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

यो केवल भौतिक विस्तार मात्र नभई प्रत्येक ग्राहकसँगको अन्तरक्रियामा विश्वास, स्पष्टता र द्रुत सेवाप्रतिको संस्थागत प्रतिबद्धताको अभिव्यक्ति रहेको पनि कम्पनीको भनाई छ । मेटलाइफ नेपालले नयाँ हेड आफिसको वास्तविक मूल्य यसबाट प्रवाह हुने सेवाको गुणस्तरले निर्धारण गर्ने विश्वास व्यक्त गरेको छ । नवप्रवर्तन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवाप्रतिको प्रतिबद्धताका साथ कम्पनीले देशभरका परिवारहरूमा वित्तीय आत्मविश्वास सुदृढ बनाउँदै नेपालको बीमा क्षेत्रको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्