समय : १२:४३ pm | मङ्गलबार , फागुन १९ गते २०८२

प्रभू इन्स्योरेन्सद्वारा लाभांश घोषणा

अर्थ विशेष | फागुन १९ गते २०८२

काठमाण्डौ । प्रभू इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको फागुन १७ गते साँझ ५ः१५ बजे बसेको सञ्चालक समितिको ४५९ औं बैठकले आर्थिक वर्ष २०८१/०८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४६७९ प्रतिशत नगद लाभांश गरी कुल ९.१५७९ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड रहेको छ ।

सञ्चालक समितिको बैठकले लाभांशसहित आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल बीमा प्राधिकरणसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश सेयरधनीले पाउनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्