समय : ०६:३० pm | सोमबार , फागुन ११ गते २०८२

बिमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल

अर्थ विशेष | फागुन ११ गते २०८२

काठमाडौं । नेपाल बिमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएकी छिन् ।

प्राधिकरणको अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी निर्देशक ढुङ्गेललाई प्राधिकरणको यही फागुन ५ गतेको निर्णय अनुसार प्रवक्ताको जिम्मेवारी समेत तोकिएको हो ।

सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा व्यवस्था भए बमोजिम निर्देशक ढुङ्गेललाई प्राधिकरणको प्रवक्ताको जिम्मेवारी तोकिएको निर्देशक कुन्दन सापकोटाले जानकारी दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्